दफा १३
परिचयपत्र रद्द गर्ने
(१) मन्त्रालयले देहायको कुनै अवस्थामा परिचयपत्र रद्द गर्न सक्नेछः न

(क) दफा ४ बमोजिम योग्यता नपुगेको व्यक्तिले परिचयपत्र लिएमा, (ख) झुट्टा विवरण पेश गरी परिचयपत्र लिएमा,

(ग) विदेशी नागरिकले यस ऐन विपरीत परिचयपत्र लिएमा,

(घ) परिचयपत्र प्राप्त गरेको व्यक्ति नेपालको नागरिक नरहेमा ।

(२) उपदफा (१) बमोजिम परिचयपत्र रद्द गर्ने निर्णय उपर चित्त नबुझ्ने व्यक्तिले त्यस्तो निर्णयको जानकारी पाएको मितिले पैंतीस दिनभित्र सम्बन्धित उच्च अदालतमा पुनरावेदन गर्न सक्नेछ।